बेनपा १० मा नेकपा एमालेको टोल भेला सम्पन्न

म्याग्दी । नेकपा एमाले बेनी नगरपालिका वडा न १० मा टोल कमिटि गठन भएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत बेनी नगरपालिका वडा नं १० मा शनिबार टोल कमिटि गठन गरिएको हो । पात्लेखेतमा दिलिप कटृवालको अध्यक्षतामा ४० सदस्यीय र वाखेतमा मोतिलाल रोकाको अध्यक्षतामा २० सदस्यीय टोल कमिटि गठन गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं वडा नं १० इन्चार्ज डिपी शर्माले जानकारी दिनुभयो ।

शनिबार पात्लेखेतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्गकी प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले जनताको मनमा बसेको पार्टी भएकाले जनताको सेवामा एमाले सदैव तयार रहने बताउनुभयो । अहिलेको सरकारले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नचाहेर आलटाल गरिरहेकोले एमालेले दवाव दिइरहेको बताउनुभयो । चुनाव समयमै सम्पन्न भए देशै भरि फेरी पनि एमालेकै जित हुने र देशका बिकासका गतिविधिहरुको लहर चल्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र कटुवाल, जिल्ला कमिटि सदस्य एवं वेनपा वडा नं १० इन्चार्ज डिपी शर्मा, बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी, नगर कमिटि सचिवालय सदस्य संजिव मल्ल, सदस्य अजय रसाईली, हरि गर्वुजा, तिलक थापा, समिर रोका, लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा एमाले वडा कमिटि अध्यक्ष कृष्ण मल्लको अध्यक्षता, कार्यपालिका सदस्य योगेन्द्रमान गौचनको स्वागत र सचिव गोकुल शर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

युवा संघ बेनपा १० को अध्यक्षमा साजन रोका चयन

हिमपातले जुर्मुरायो स्थानीय पर्यटन क्षेत्र

Related posts