सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ सयले बढेको छ।

आज छापावाल सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने आज पनि स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ

You can share this post!

पाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदान सहयोग

होटल तथा सुपर मार्केट अनुगमन

Related posts