संसदले एमसीसी टुंगो लगाउनैपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताउनुभएको छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताउनुभएको हो । उहाँले संसद नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताउनुभयो ।

‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’, देउवाले भन्नुभयो ।

एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘एमसीसी देशको हितमा छ । कांग्रेसले एमसीसीको पक्ष लिन डराउनुपर्ने केही छैन’ ।

उहाँले एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउन पहल भइरहेको समेत जानकारी दिनुभयो ।

You can share this post!

स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

स्वास्थ्य कार्यालय म्याग्दी प्रदेश मातहतका कार्यालयमध्ये उत्कृष्ट

Related posts