तातोपानी कुण्ड खुलेको एक सातामै छसय बिरामी आए

म्याग्दी ,फागुन १० ।म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा डुव्नका लागि बिरामीहरुको आगमन बढ्न थालेको छ । कोभिड १९ को तेस्रो संकमण बढेसंगै जिल्ला प्रशासन कार्यालयको आदेशानुसार गत माघ महिना बन्द गरिएको कुण्ड फागुन १ गतेदेखि खुल्ला गरिएको हो । स्नानका लागि कुण्ड खुल्ला भएपछि यो एकसातामै ६ सयको हाराहारीमा बिरामी आएका छन ।

कुण्ड खुलेको थाहा पाएपछि पोखरा, काठमाडौँ, चितवन, वुटवल, पाल्पा, तनहुँ बाग्लुङ लगाएतका जिल्लाहरुबाट उक्त संख्याका बिरामीहरु आएका हुन । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्नानका लागि महिलाका दुई र पुरुषको एउटा समूह बनाएर स्नान गर्ने ब्यबस्था मिलाईएको तातोपानी कुण्ड ब्यबस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो ।

विभिन्न रोगको उपचारका लागि तातोपानी डुव्न आउने महिलाको संख्या बढि भएकाले दुई समूह बनाईएको हो । एक समूहमा दुई जनाले मात्रै डुव्न पाउने नियम बनाईएको छ । कुण्डमा एक हप्ता डुव्ने बिरामीलाई रु ३५० टिकट शुल्क लिने र त्यसपछि पनि डुव्न चाहेमा प्रति दिन ५० रुपैयाँ शुल्क लिने गरेको केसीले बताउनुभयो । कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकहरुको आगमन पनि बढ्न थालेपछि बाहिर रहेको दुइवटा कुण्ड पनि संचालनमा ल्याइएको छ । ति दुई कुण्डमा परिवार तथा समूहमा २० जना सम्म डुव्न मिल्ने गरि ब्यवस्था गरिएको केसीले बताउनुभयो ।कुण्डबाट प्राप्त आम्दानीले तातोपानीमा रहेको सरस्वति मावि संचालनमा सहयोग गर्ने गरिएको छ । आम्दानीको २५ प्रतिशत रकम बेनी नगरपालिकालाई बुझाउदै आएको छ ।

कोरानाका कारण कुण्ड बन्द हुँदा बिद्यालय संचालनमा कठिनाई भएपछि प्रशासनको अनुमतिमा कुण्ड खुल्ला गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो । बेनी नगरपालिका मार्फत गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको रु ५० लाखको बजेटले प्राकृतिक चिकित्सालयको काम अन्तिम चरणमा पुगेको शाक्यले बताउनुभयो । आवस गृह निर्माण सम्पन्न भइसकेको छ भने आवश्यक सामग्रीहरु पनि ल्याइसकिएको छ । दर्ता प्रक्रिया र चिकित्सक ब्यबस्थापनको काम भएपछि चिकित्सालय संचालन हुने शाक्यले बताउनुभएको छ ।

You can share this post!

म्याग्दीका कृषकहरुलाई ७३ लाख अनुदान

टर्मिनल भवन निर्माण सुरु

Related posts