म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको गलेश्वर माविमा अन्तरमावि स्तरीय लोक नृत्य प्रतियोगीता आयोजना हुने भएको छ ।
नयाँ पुस्ताको चाहना, कला संस्कृतिको जगेर्ना भन्ने मूल नाराका साथ घतान सेवा समाज दोहा कतारले यहि फागुन २० गते उक्त प्रतियोगीता आयोजना गर्ने भएको हो ।
बिद्यार्थीहरुमा लुकेर रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ जिल्लाका मावि बिद्यालयहरु सहभागीहुने गरि लोक नृत्य प्रतियोगीता संचालन गर्न लागिएको घतान सेवा समाज दोहा कतारका महासचिव रामकृष्ण शर्माले बताउनुभयो ।
अध्ययन संगै सांस्कृतिक कार्यक्रममा पनि बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउनका लागि बिद्यालयको भूमिका हुने भन्दै महासचिव शर्माले गलेश्वर मावि संग सहकार्य गरि यो कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो ।
गलेश्वर माविको प्राङगणमा आयोजना हुने प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र शान्त्वना पुरस्कार वापत क्रमश पच्चिस हजार, विस हजार, पन्ध्र हजार र दश हजार र प्रमाणपत्र प्रदान गरिने शर्माले बताउनुभयो ।
प्रतियोगीताको सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । जिल्लाका सवै मावि विद्यालयहरुलाई सहभागीहुनका लागि पत्राचार गरिसकिएको छ । कार्यक्रममा लोक नृत्य संगै पञ्चे बाजा पनि प्रस्तुत गरिने छ ।
गत माघ ७ गते सम्पन्न गर्ने भनिएको कार्यक्रम कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।