शिवरात्रीमा संकलित भेटी सार्वजनिक

म्याग्दी। यस बर्षको शिवरात्री पर्वमा बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटि संकलन भएको छ ।

महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको भेटिबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयो । मन्दिरमा भक्तजनले चढाएको भेटि बुधबार कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहबरमा गनिएको थियो ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा लगायतका ठाउँबाट ३० हजार जना भन्दा बढी भक्तजन आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाममा हिन्दु धर्मावलम्वीहरुको साझा तिर्थस्थल मानिन्छ ।

गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास रहदै आएको छ ।

You can share this post!

गलेश्वरधाममा दर्शनार्थीको घुइँचो

माओवादी कार्यकर्ता थापा एमालेमा प्रवेश

Related posts