म्याग्दी । नेपाल निर्माण व्यवसायी महासंघको आशन्न केन्द्रिय महाधिवेशनमा गण्डकी प्रदेशबाट म्याग्दीका नारायण जिसीले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ ।
गण्डकी प्रदेशबाट १ जना उपाध्यक्ष पद रहेकोमा अहिलेसम्म ४ जनाको दाबी रहने देखिएको छ । जसमध्य हाल निर्माण व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष समेत रहुनभएका नारायण जिसीलाई शक्तिशाली उम्मेदवारको रुपमा लिईएको छ ।
जिसीसँग म्याग्दी जिल्लाको निर्माण व्यवसायी महासंघमा दुई पटक अध्यक्षको जिम्मेवारीमा रहेर प्रभावकारी ढंगले कार्य सम्पादन गरेको अनुभव छ ।
जिसी म्याग्दीमा सामाजिक अभियन्ताका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले आफ्नी दिवंगत बहिनी गंगा जिसीको स्मृतिमा गंगा जिसी फाउन्डेसन स्थापना गरेर गरिव, विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
कारोना महामारीका समयमा जिसीले ब्यक्तिगत रुपमा जिल्ला सदरमुकाम वेनी लगाएतका स्थानहरुमा आफ्नै सवारी साधनको प्रयोग गरि सेनिटाइजर छर्केर सवैको स्यावासी पाउनुभएको थियो ।
जिसी निकट ब्यवसायीहरुका अनुसार गन्डकी प्रदेशका अधिकांश प्रतिनिधिहरुको रोजाइमा उहाँनै पर्नुहुन्छ । जिसी व्यवहारमा सरल र मिझासिलो स्वभावको हुनुहुन्छ । उहाँ एक सफल व्यवसायी मात्र नभई सहयोगी र सवैको प्रीय पात्र भएका कारण पनि उहाँको जित सुनिस्चित रहेको बताईएको छ ।
यहि फागुन २७ र २८ गते पोखरामा सम्पन्न हुने केन्द्रिय महाधिवेशनमा केन्द्रिय अध्यक्षका लागि भने ३ जनाको उम्मेदवारी रहने बुझिएको छ ।