म्याग्दी । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बेनी नगरकमिटिको अध्यक्षमा भोज बहादुर रिजाल चयन हुनुभएको छ ।
शुक्रबार एमाले पार्टि कार्यालय हाँडेभिरमा आयोजित नगरभेलाले रिजालको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि गठन गरेको हो । महासंघ बेनी नगरको उपाध्यक्षमा तुल प्रसाद श्रेष्ठ, स्वचन्द्र रोका, सचिवमा ईश्वर भण्डारी, कोषाध्यक्षमा हरि रिजाल, उपसचिवमा याम बहादुर बानीयाँ र सह कोषाध्यक्षमा मञ्जु बानीयाँ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा विपिन श्रेष्ठ, चुडामणि आचार्य, राज कुमार श्रेष्ठ, कमला बोहोरा, कुल बहादुर बानीयाँ, सागर तिमिल्सीना, मैना बानीयाँ र ईश्वर पौडेल चयन हुनुभएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला सचिव राजु बानीयाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रिय सदस्य एवं म्याग्दी जिल्ला ईन्चार्ज कुविर कुुमार श्रेष्ठले व्यवसायीहरुको हक हितका लागि महासंघले विभिन्न कार्यहरु गर्दै आएको भन्दै अव जिल्लामा पनि केही नयाँ योजना वनाएर काम गर्ने बताउनुभयो ।
कोरोनाका कारण व्यवसायीहरु प्रत्यक्ष मारमा परेको अवस्थामा सरकाले त्यसतर्फपनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, जिल्ला कमिटि सदस्य तथा उद्योग व्यवसायी फाँट प्रमुख वेल बहादुर कटुवाल, जिल्ला कमिटि सदस्य उत्तम कर्माचार्य, महासंघका केन्द्रिय सदस्य दिल कुमार श्रेष्ठ, चन्द्र कुमार केसी, नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतम, सचिव सुवास बिश्वकर्मा
लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम महासंघ जिल्ला कमिटिका अध्यक्ष नारायण शर्माको अध्यक्षता र सचिव राजु बानीयाँको संचालनमा सम्पन्न भएको थियो ।
महासंघले फागुन २१ गते रघुगंगा, २२ गते धौलागिरी, २३ गते मालिका र मंगला, २४ गते अन्नपूर्ण गाउँपालिकामा अघिवेशन सम्पन्न गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।