म्याग्दी । मंगला गाउँपालिका १ थाइवाङकी आगलागी पीडित वनीकला परियारको परिवारलाई कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले कपडा सहयोग गरेको छ ।
समितिमा आवद्ध फेन्सी व्यवसायीहरुबाट संकलन गरिएको रु पच्चिस हजार बराबरको कपडाहरु शनिबार आगलागी पीडित परियारलाई हस्तान्तरण गरिएको हो ।
सिरक, डसना, बल्याङकेट, टन्ना, सिरानी, लगाउने कपडा लगाएत हस्तान्तरण गरिएको कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीका अध्यक्ष राम प्रसाद सुवदी बताउनुभयो । विपतमा परेको परिवारलाई तत्कालका लागि राहत मिलोस भनेर व्यवसायीहरको तर्फबाट कपडा सहयोग गरिएको उहाँले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा फेन्सी व्यवसायी समितिका पदाधिकारी, दलित अगुवा लालु किसान, सामाजिक अभियन्ता कुमार किसान लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम समिति अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव राजु प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
गत फागुन ५ गते बेलुकी साढे नौ वजेको समयमा अचानक विद्युत सट भई आगलागी हुँदा मंगला १ थाइवाङ स्थित बनीकला परियारको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
घरमा भएको सवै सामान जलेर नष्ट भएपछि परियारको परिवारलाई खाने, लगाउने तथा वस्ने वासको समेत समस्या भएको छ ।
सहयोगका लागि विभिन्न ब्यक्ति तथा संघ, संस्थालाई पीडित परिवारले अपिल गरेको छ ।