राष्ट्रिय मानवअधिकार तथा समाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) म्याग्दी शाखाको चौंथो जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दीपक पौडेल निर्विरोध चयन हुनुभएको छ ।
नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा कमला बानियाँ थापा, सचिवमा दिलु विटालु, सहसचिवमा विवा रोका मगर, कोषाध्यक्षमा सुमित्रा खत्री क्षत्री चयन भएका छन ।
त्यसैगरी सदस्यमा हितमायाँ जुग्जाली, खुमबहादुर किसान, नेकसरा पुन, विमला शेरपुञ्जा, भुलकुमारी रोका, भीमबहादुर रिजाल, पी. रेग्मी चयन भएको एलायन्सका नवनिर्वाचित अध्यक्ष दिपक पौडेलले बताउनुभयो ।
जिल्ला अधिवेशनको नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले उद्घाटन गनुभएको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटि सचिव सुरत केसी र धवलागिरी गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटि उपसचिव थमसरा पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।