रत्नेचौरमा धार्मिक महोत्सवः तयारी तिव्र पारियो

बेनी नगरपालिका–१, रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको रत्नेचौरस्थित परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्री लक्ष्मीहरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गरिएको हो ।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो । रत्नेचौरमा रहेको यस आश्रम तथा मन्दिरलाई धार्मिक गन्तब्य बनाउने अभियानमा लागेको महतले बताउनुभयो ।

शनिवार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा मुल संयोजक महतले महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । उहाँका अनुसार उद्घाटन समारोहमा साँस्कृतिक झाँकी सहित हेलिकप्टर मार्फत पुष्पवृष्टि गरिने छ ।

पर्यटन, खेलकुद तथा धार्मिक क्षेत्रका लागि सम्भावना रहेको रत्नेचौरको थप सम्भावनाको उजागर तथा प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फि विकासका लागि महोत्सव कोशेढुगा सावित हुने वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

‘रत्नेचौर धार्मिक दृष्टिकोणले पनि धेरै महत्वपूर्ण छ,‘धार्मिक गन्तब्य बनाउन स्थानीय समुदाय निरन्तर सक्रिय छौ’रावलले भन्नुभयो । महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनहरुको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समिति गठन गरि तयारीलाई तिब्रता दिईएको प्रचार प्रसार समितिका संयोजक बिक्रम बोगटीले बताउनुभयो ।

भौगोलिक रुपमा रमणिय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताउनुभयो ।

You can share this post!

वडा स्तरिय तारो खेल प्रतियोगिता सम्पन्न

एमाले म्याग्दी– काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ

Related posts