म्याग्दी । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ रघुगंगा गाउँपालिका कमिटिको अध्यक्षमा मुक्तिनाथ सुवेदी चयन हुनुभएको छ ।
शुक्रबार आयोजित पालिका भेलाले सुवेदीको अध्यक्षतामा ३७ सदस्यीय पालिका कमिटि गठन गरेको हो । महासंघ रघुगंगा पालिका कमिटिको उपाध्यक्षमा मन बहादुर कार्की, अस्मिता केसी भण्डारी, सचिवमा सन्तोष भण्डारी, कोषाध्यक्षमा टिका शेन, उपसचिवमा सुवास भण्डारी, विष्णु भण्डारी, सुमन शाही र सहकोषाध्यक्षमा गीता कुमारी रुचाल चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य निरज पूर्जाले महासंघले सम्पुर्ण व्यवसायीहरुको पीर मर्कामा आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । कोरोनाका कारण व्यवसायीहरु प्रत्यक्ष मारमा परेको अवस्थामा सरकाले त्यसतर्फपनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाई थियो ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले उद्योगी व्यवसायीहरुलाई संगठित गरि व्यवसायीकरणमा जोड दिने बताउदै व्यवसायको प्रवद्र्धन गरि रोजगारी श्रृजना गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सम्पुर्ण व्यवसायीहरुले राष्ट्रिय पूँजीको निर्माणमा टेवा पु¥याई दिगो विकास गरि समृद्ध नेपाल सुखि नेपाली भन्ने नेकपा एमालेको नारालाई सार्थकता तुल्याउन योजना बनाई अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य खिम शाही, पालिका कमिटि उपसचिव याम कुमारी गर्वुजा लगाएतले बोल्नुभएको थियो । कार्यक्रम महासंघ जिल्ला कमिटि सचिव राजु बानीयाँको अध्यक्षता र बेनी नगर कमिटि अध्यक्ष भोज बहादुर रिजालको संचालनमा सम्पन्न भएको थियो ।