म्याग्दी जेसीज पुरस्कृत

म्याग्दी जेसीज पुरस्कृत भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा विभिन्न रचनात्मक कार्य गर्दै आएको म्याग्दी जेसीजले पछिल्लो समय पर्यटकीय स्थलहरुको पहिचान र प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरुमा क्रियाशिल भएको भन्दै काठमाण्डौंमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख) को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट शाखाका रुपमा पुरस्कृत भएको हो ।

वर्षेनी हुने अन्तरमावि स्तरीय जेसीज कप फुटबल र अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता, कला र खेलकुदको विकासका लागि म्याग्दी जेसीज वर्षेनी कार्यक्रम गर्दै आएको छ । युवाहरुलाई उर्जाशिल,सिर्जनशिल बनाउन म्याग्दी जेसीजले आगमी दिनमा युवा जागरणका कार्यक्रमहरु सञ्चालन गर्ने म्याग्दी जेसीजले जनाएको छ । शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वमा जेसीजले एकमहिना यता म्याग्दीको पर्यटन प्रवद्र्धन,सामाजिक कार्य र सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो ।

नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारी र इभिपी सुनिल तिमिल्सीनाले म्याग्दी शाखालाई उत्कृष्ट घोषणा गर्दै शाखा अध्यक्ष खत्रीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । म्याग्दी जेसीज नेपाल जेसीजको क्षेत्र (ख)मा पर्छ । जेसिजले हरेक महिना शाखाहरुले गर्ने गतिबिधीको मूल्याङ्कन गरेर उत्कृष्ट शाखा घोषणा र पुरस्कृत गर्दै आएको छ । म्याग्दी जेसीजले गत फेब्रअरी महिनामा सामाजिक कुरिति, दुब्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको थियो ।

शाखाका सदस्यहरुको क्षमता तथा नेतृत्व विकास तालिम, ढोल्ठानमा पर्यटन सूचना बोर्ड स्थापना, पात्लेखेतको दिपक मावीलाई डस्टबिन र घतान स्वास्थ्य चौकीलाई सरसफाईका सामग्री सहयोग गरेको थियो । सकारात्मक सोच र तनाव ब्यवस्थापन तालिम, आमाहरुले पढ्ने उज्यालो वैकल्पिक बिद्यालय सञ्चालनका लागि एक लाख सहयोग गरेको शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताउनुभयो । सम्मानले उत्साहीतका साथै सामाजिक क्षेत्रमा थप क्रियाशिल हुने जिम्मेवादी बढेको अध्यक्ष खत्रीले बताउनुभयो ।

You can share this post!

उद्योग व्यवसाय महासंघ धौलागिरी गाउँपालिका अध्यक्षमा राम्जी मल्ल

रत्नेचौर– कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै  

Related posts