रत्नेचौर– कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै  

बेनी नगरपालिका १ रत्नेचौर देखि बागलुङ नगरपालिका – ४ कुँडुले जोड्ने जिल्लाको अर्को लामो र अग्लो  झोलुङ्गे पुलको निर्माण तिव्र पारिएको छ । चालु आर्थिक वर्ष भित्र निर्माण सक्ने लक्ष्यका साथ पुलको दुवै तर्फ मजदुर परिचालन गरि फाउन्डेसन बनाउन लागिएको छ ।

गत मंसिरबाट पुल निर्माण थालिएको र तोकीएको समय भन्दा अगावै निर्माण सक्ने गरी धमाधम काम भइरहेको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।  दुई जिल्ला जोड्ने ३ सय ९२ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएपछि रत्नेचौरको विकासमा नयाँ आयम थपिने वडा अध्यक्ष रावलले बताउनुभयो । रत्नेचौरका स्थानीयवासीहरुलाई पुल तरेर कुँडुले हुँदै बागलुङ जान र सहज हुने विश्वास गरिएको छ । पुल निर्माण भएपछि रत्नेचौरमा भएको खेलकुद मैदानको पूर्ण रुपमा उपयोगमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

दुई जिल्लाको सम्बन्ध लाई सुमधुर बनाउनका लागि पुल महत्वपुर्ण बन्ने अपेक्षा गरिएको छ  । धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास आवतजावत र तथा दुबै जिल्लामा उत्पादित बस्तुको बजारीकरणका लागि पनि पुलले महत्वपूर्ण भुमिका निर्वाह गर्ने वडा वडा अध्यक्ष रावलले बताउनुभयो । पुलले बागलुङको पञ्चकोट शालग्राम संग्राहालय लगायत बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवत जावत गर्न सहज हुने विश्वास गरिएको छ ।

पुलको कुल लागत ३ करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कुँडुले निवासी जयलाल सापकोटा, ईन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भईसक्ने निर्माणको जिम्मा पाएको थानी हिमसिखर जेभीका नरहरी खड्काले बताउनुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने वडा अध्यक्ष रावलले बताउनुभयो । करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको र लठ्ठा आएपछि तान्ने काम सुरु हुने निर्माण कम्पनिका प्रतिनिधिले बताएका छन् । एकमहिना भित्र दुवै तर्फको फाउन्डेशनको काम सम्पन्न हुने जनाइएको छ ।

 

 

 

You can share this post!

म्याग्दी जेसीज पुरस्कृत

प्रकाश मावि द्वारा बिजेता बिद्यार्थीलाई सम्मान

Related posts