माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पौडेल मनोनित

म्याग्दी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय कमिटिको बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुनुहुन्छ । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको जिल्ला अध्यक्ष समेत हुनुभएको थियो ।

पौडेलले लामो समयसम्म जिल्लामा पार्टीको नेतृत्व लिनुभएको थियो । पौडेल जिल्लामा प्रखर र वौद्धिक नेताको रुपमा चिनिनुहुन्छ ।
केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रीय सदस्यहरूको सूची पेस गर्नुभएको थियो ।

खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जना मनोनित भएका छन् । यसअघि माओवादीले २४७ जना सदस्य रहेको केन्द्रीय कमिटि बनाएको थियो ।

You can share this post!

प्रकाश मावि द्वारा बिजेता बिद्यार्थीलाई सम्मान

जनजागरणमा धौलागिरी जागरण दैनिकको भूमिका महत्वपूर्णः पूर्वप्रधानमन्त्रीओली

Related posts