आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशितधौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले जनजागरणमा जागरण दैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले सहकारीमार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिकामार्फत स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको बताउनुभयो । समाजको हर परिवर्तनकालागि पत्रकारिताको भूमिका अपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले सहकारी मार्फत संस्थागत रुपमा सञ्चार माध्यम सञ्चालन गरेर उदाहरणीय कार्यको प्रयास भएको र आगामीदिनमा कुनै लहडमा नभई तथ्यमापुगेर पत्रकारितालाई निरन्तरतादिन आग्रह गर्नुभयो । सहकारी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बाभएकाले सहकारीलाई उद्धेश्यमा केन्द्रित गरेर सञ्चालन गर्नसके समाज र देशले गतिलिन सक्ने बताउनुभयो ।
“सहकारीले बचत तथा ऋण मात्रै गर्छ भन्ने छ तर यस्ता पनि सहकारी छन् जसले सञ्चारको क्षेत्र र सामाजिक उत्तरदायित्वका क्षेत्रमापनि थुप्रै काम गरेको देखियो” पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो “जनजागरण अभियानमा आदर्श सञ्चार सहकारी र यसले प्रकाशनगर्ने धौलागिरी जागरणले थप सफलता हासिल गरोस्, दूर दराजमा लुकेर रहेका कुरालाई उजागर गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक तुल्याओस् ।” सञ्चार मार्फतसमृद्ध समाजनिर्माणमा जागरण दैनिक जस्ता सबल सञ्चार संस्था स्थापनाहुनुपर्ने उहाँकोजोड छ ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापकअध्यक्ष तथा नेकपा एमालेका गण्डकी प्रदेश सह–इञ्चार्ज मन कुमारी केसीले सबल सशक्त र दीगो सञ्चार संस्थाको आवश्यकताबोध गरेर सुरु गरिएको पत्रिका डेढ दशक अविछिन्न प्रकाशितहुनु सुखद सन्देश भएको बताउनुभयो । लामो समय महिलाले नेतृत्व गरेको सहकारीले सञ्चारका साथै आर्थिक, सामाजिक र परोपकारी क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममाआदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थागत रुपमा जिल्ला स्तरमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशन गरिएको र प्रविधिको तिव्रतर विकाससँगै प्रादेशिक स्तरमाआदर्श सञ्चार डट कम सञ्चालन गरिएको बताउनुभयो ।
आदर्श सञ्चार सहकारी संस्थाकाअध्यक्ष हुमाकुमारी जिसीअञ्जुले सहकारीले सञ्चार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर कामगर्दै आएको र आगामीदिनमा गण्डकी प्रदेशको राजधानीपोखराबाट सेवादिने उद्धेश्य रहेको बताउनुभयो ।