धनिलाल गर्बुजा
बेनी । म्याग्दीमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु भएको छ ।
आइबातरदेखि सुरु भएको एक महिने जागरण अभियान कार्यक्रमको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गर्नुभयो ।
उहाँले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्धारलाई जिताउन हरेक गाउँ, टोल र हरेक घरमा जानुपर्नेमा जोड दिनुभयो ।
पार्टी भित्रको आन्तरिक गुटबन्दीलाई त्यागी सबै एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । कांग्रेसको सरकारले विकास निर्माणको काम गरेपनि प्रचारप्रसार कम भएको उहाँले बताउनुभयो ।
‘हाम्रो सरकारको पालामा पुर्वाधारदेखि लिएर विकास निर्माणका योजनाहरु ल्याइए पनि हाम्रै साथिहरुले प्रचारप्रसार गर्नुहुन्न । त्यसै कारण हामी पछाडी प¥यौं ’,उहाँले भन्नुभयो ।
जागरण अभियानको क्रममा आगामी निर्वाचनमा मतदानमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्ने ,स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेद्धारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने,कांग्रेस सरकारको पालामा हासिल भएका आर्थिक,राजनितिक उपलब्धी र विकासको बारेमा जनतालाई जानकारी गराउने , नेकपा सरकारका पालामा भएका भ्रष्टाचार र अनियमितताको बारेमा भण्डाफोर गर्ने ,लगायत उद्धेश्यहरु रहेका छन् ।
कम्युनिष्टकै कारण दुई तिहाईको सरकार ढलेको स्मरण गर्दै केन्द्रीय सदस्य खड्काले भन्नुयो , ‘नेकपाको दुई तिहाइको सरकार थियो ,आफ्नै कारण तीन बर्षमै ढलेपछि देश र संविधानको रक्षाको गर्न पाँच बर्षको लागि प्रतिपक्षमा बसेको कांग्रेस सरकारको नेतृत्व सम्हाल्न बाध्य भएको हो ।’
उहाँले राजनितिमा सेवाको भाव लिएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । एमसीसीको बारेमा कम्युनिष्टहरुले माकुराको जाल भन्दा छिटो भ्रम फैलाइएको उहाँको भनाई छ । देशको विकास ,राजनितिक स्थायीत्वको लागि भएपनि कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभयो । म्याग्दीको विकास गर्न ,रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता हटाउन र बसाईसराई रोक्नलाई पनि कांग्रेसले जित्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताउनुभयो । उहाँले जिल्लाले खटाएका संयोजक सहितको टोलीले हरेक टोल,वडा ,पालिकामा पुगेर आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।
निर्वाचनमा नडराउन आग्रह गर्दै सभापति गर्बुजाले सबै एकजुट भएर अभियानमा लाग्न निर्देशन दिनुभयो । कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र अनियमिताको खुलेर विरोध गर्न आग्रह गर्नुभयो । कांग्रेस सरकारले गरेका विकास निर्माणको जनता माझमा प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।