को–अपरेटिभ म्यानेजर्स क्लब, म्याग्दीको अध्यक्षमा कँडेल

को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाले सर्वसम्वत नेतृत्व चयन गरेको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित साधारणसभाले पश्चिम नेपाल साकोसका प्रबन्धक प्रेमलाल कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसकी प्रबन्धक समिक्षा ढुंगाना चयन भएकी छन् ।

कार्यसमितिको सदस्यहरूमा कस्तुरी बहुउद्देश्यीय सहकारीका लोकेश पुन,गोर्खा भुपु सैनिक साकोसका शिव खड्का,सौगात बहुउद्देश्यीय सहकारीकी लक्ष्मी शर्मा, विश्वामित्र साकोसकी सरस्वती बानियाँ,ताकम बहुउद्देश्यीय सहकारीका गोपाल आचार्य,रुप्से साकोसका यामनारायण पाइजा र संगिनी साकोसकी तेजकुमारी बानियाँ रहेको सचिव सुबेदीले जानकारी दिनुभयो ।

साधारणसभाको राष्ट्रिय सहकारी बैंक लिका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले उद्घाटन गदैं सहकारीका मेरुदण्ड नै प्रबन्धक भएकाले संस्थागत बिकास तथा क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकाका ७० वटा सहकारीका प्रबन्धकको उपस्थिती रहेको साधारणसभामा प्रशिक्षण समेत दिदैं गुरागाईले क्लबले जिल्लाभरका सहकारीका म्यानेजरहरुको क्षमता अभिबृद्धीमा सहज हुने बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका सहकारी विभाग प्रमुख लक्ष्मण पौडेल, सहकारी बैंक बागलुङ शाखा प्रबन्धक यूवराज त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष कँडेलले जिल्लाभित्रका सहकारीको सीप हस्तान्तरणका साथै सम्रग सहकारीको हितमा रचनात्मक कार्य गर्ने बताउनुभयो । क्लव गठनका लागि संयोजन राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङले गरेको थियो ।

 

 

 

 

 

You can share this post!

बेनीको मेयरमा काँग्रेसबाट आधा दर्जन आकांक्षी

संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

Related posts