म्याग्दी । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलन शुक्रबारदेखि बेनीमा सुरु भएको छ ।
सम्मेलनको नेकपा एमाले स्थायी कमिटि सदस्य एवँ अखिल नेपाल महिला संघ केन्द्रका संयोजक थममाया थापाले उद्घाटन गर्नुभएको हो । अधिवेशनमा केन्द्र, प्रदेश तथा जिल्ला तहका नेकपा एमालेका नेताहरुको उपस्थिति रहेको छ ।
सम्मेलनमा जिल्लाका सवै पालिकाबाट अनेमसंघमा आवद्ध महिलाहरुको बिशाल सहभागीता रहेको छ । जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन सत्र सुरुहुनु पूर्व बिभिन्न प्लेकार्डहरु सहित महिलाकोहरुको बिशाल जुलुसले बजार परिक्रमा गरेको थियो । सम्मेलन चैत १२ गते सम्म सच्ने बताईएको छ ।