म्याग्दी । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ बेनी नगरपालिका ३ को अध्यक्षमा याम घर्ती मगर चयन हुनुभएको छ ।
मंगलबार भकिम्लीमा आयोजित भेलाले २३ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा टक बहादुर रोका, सचिवमा मिन बहादुर घर्ती मगर र कोषाध्यक्षमा पूर्ण बहादुर पुन चयन हुनुभएको राष्ट्रिय युवा संघ म्याग्दीका संयोजक शिशिर शाहीले जानकारी दिनुभयो ।
यसैगरि बेनपा ३ हल्लेगौँडामा खड्क बहादुर घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय नेकपा एमालेको टोल कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सोममाया घर्ती मगर, सचिवमा रनविर घर्ती मगर र कोषाध्यक्षमा किममाया रोका मगर चयनु हुनुभएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य प्रमोद श्रेष्ठले युवाहरु सिर्जनशिल बन्नुपर्नेमा जोड दिनुभयो । राज्यको नेतृत्व तहमा युवाहरु पुग्न आवश्यक रहेको भन्दै श्रेष्ठले त्यसका लागि सक्षम युवा निर्माण गर्न युवा संघको अग्रणी भूमिका रहने बताउनुभयो ।
उहाँले देशका कर्मठ युवा शक्ति बिदेशिनु दुखद भएको बताउँदै देशमै रोजगारको वातावरण तयार गर्न एमालेले बिभिन्न नीति अबलम्वन गरेको उल्लेख गर्नुभयो ।
बेनी नगरकमिटि अध्यक्ष नारायण जिसीले अन्याय र अत्याचारमा खबरदारी गर्दै सामाजिक कार्यहरुमा सक्रिय रहन युवा संघका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा नेकपा एमालेको उम्मेदवारलाई जिताउनका लागि सवै युवाहरु एकढिक्का भएर अभियानमा लाग्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बेनपा ३ भकिम्लीका वडा सदस्य एवं नेकपा एमाले जिल्ला कमिटि सदस्य गेम घर्ती र राष्ट्रिय युवा संघ म्याग्दीका संयोजक शिशिर शाहीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युवा संघ बेनी नगर कमिटि अध्यक्ष विवेक हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन याम घर्ती मगरले गर्नुभएको थियो ।