स्थापना दिवसमा रक्तदान कार्यक्रम

म्याग्दी । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान गरिएको छ ।
स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बेनीको प्राबिधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पत्रकार तथा अन्य गरि ११ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष तारानाथ शर्माले रक्तदान गर्नुभएको छ ।

पत्रकार हरिकृष्ण गौतम, कृष्ण जिसी, देबि जिसी, कमल खत्री, प्रमोद शर्मा, समिर रोका, अनिल पौडेल, महासंघका पर्देश परिषद सदस्य डिपी शर्मा रक्तदान गर्नुभएको छ । त्यस्तै हरिप्रसाद पौडेल र सागर भण्डारीले पनि रक्तदान गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका उपसभापति अमर बानियाँले महासंघले स्थापना दिवसको अवसरमा रक्रदान कार्यक्रमको आयोजना गरि सवैभन्दा ठुलो मानवीय सेवा गरेको भन्दै यस्ता गतिविधिहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम महासंघ म्याग्दी शाखाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

बाँसखर्कमा नेकपा एमाले वडा कमिटीको कार्यालय स्थापना

सेवाग्राहीलाई सभ्य बन्ने पाठ सिकाउदै बेनी अस्पताल

Related posts