बेनपा ६ मा एमालेबाट कृष्णसिंह बानियाँ वडा अध्यक्षको उम्मेदवार

म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ६ मा कृष्णसिंह बानियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

शनिबार सम्पन्न वडा कमिटीको बैठकले हालको वडा अध्यक्ष रहनुभएका बानियाँलाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।

बैठकले वडा सदस्यहरुमा कृष्णदत्त पौडेल, ईश्वर पौडेल, महिला दलित सदस्य राधिका बिश्वकर्मा र महिला सदस्यमा शारदा राना मगरलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्यण गरेको नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

उहाँका अनुसार अध्यक्ष सहित सवै सदस्यको उम्मेदवार सर्वसम्मत रुपमा चयन गर्ने एमाले बेनपा ६ जिल्लामा नै पहिलो भएको छ ।
बेनपा ६ मा अध्यक्ष बानियाँलाई दाहो¥याईएको छ भने अन्य सदस्यहरु नयाँ ल्याइएको हो । सवै भूगोल मिलाएर विवादरहित वातावरणमा उम्मेदवारको टुङगो लगाईएको नगर कमिटी अध्यक्ष जिसीले बताउनुभयो ।

वडा अध्यक्ष बानियाँले निर्वाचित भएदेखिको पाँच बर्ष सवै जनताको मन जित्ने गरि काम गर्नुभएको छ । बिकास र समृद्धिको पक्षमा रहि लोकप्रीय वडा अध्यक्षको रुपमा परिचित बानियाँले वडाबासीको हरेक दुख, पीडा, तथा समस्याहरुमा एक असल जनप्रतिनिधिको भूमिका निभाइरहनुभएको छ ।

जनताको सेवामा समर्पित अध्यक्ष बानियाँले आफ्नो जिवनको महत्वपूर्ण अर्को ५ बर्ष पनि जनताको दुख, सुखमा हातेमालो गर्दै बिताउने मनसायका साथ वडा कमिटी तथा पार्टीले गरेकोे निर्णयलाई स्वीकार गरि पुनः अध्यक्षको उम्मेदवारी दिएको बिताउनुभयो ।

You can share this post!

पुलाचौरको कुमाल्डीमा काँग्रेसको क्षेत्रीय आमसभा

एमालेबाट मस्विर रोका बेनपा १० को वडा अध्यक्षको उम्मेदवार

Related posts