म्याग्दी । शुक्रवारदेखि बेनीमा सुरु हुने नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते आयोजना हुने महाधिवेशनका लागि मञ्च व्यवस्थापन, अतिथि स्वागत एवम सत्कार, झाँकी व्यवस्थापन, प्रतिनिधिको भोजन तथा आवास लगायतका सवै तयारी पुरा गरिएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुहुने कार्यक्रम तय भएको छ । शुक्रवार विहान १० बजदेखि झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रमा गरे पश्चात जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक उद्घाटन सत्र सञ्चालन हुने बताईएको छ ।
महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुनेछन् ।
छन्त्याल विद्यार्थी संघका केन्द्रिय सदस्य अमर छन्त्यालले महाधिवेशनमा भागलिन बाहिरी जिल्लाबाट आउने अतिथिहरुको स्वागत गर्नेकार्य भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अधिकाँश प्रतिनिधि बेनी आइपुग्नुभएको छ भने जिल्लाका विभिन्न छन्त्याल बस्तीबाट समेत महाधिवेशनमा सहभागी हुन छन्त्यालहरु बेनी आएका छन ।