नेपाल छन्त्याल बिद्यार्थी संघको अध्यक्षमा अमर छन्त्याल

म्याग्दी । नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा अमर भलञ्जा छन्त्याल निर्वाचित हुनुभएको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका ८ कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा केन्द्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो । छन्त्याल यसअघि संघको म्याग्दी जिल्ला सचिव र केन्द्रीय सदस्यको रुपमा रहेर काम गरिसक्नुभएको छ ।

१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा तिल कुमारी घरब्जा छन्त्याल, रिना भलञ्जा छन्त्याल, महासचिवमा मिलन छन्त्याल, सचिवमा सपना छन्त्याल, कोषाध्यक्षमा टेकमाया भलञ्जा छन्त्याल र सहकोषाध्यक्षमा यमकलि घरब्जा छन्त्याल निर्वाचित हुनुभएको छ ।

संघको सदस्यहरुमा भिम कुमारी झिङराजा, हिरा कुमारी पोत्लाङ्गे, मुनम पोत्लाङ्गे, मार्मिन बुढाथोकी, केमली भलञ्जा र रचना पोत्लाङ्गे छन्त्याल चयन हुनुभएको अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न भेगहरु मिलाएर संघको वाँकी सदस्यहरु भने पछि मनोनित गरिनेछ ।

नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर बिद्यार्थी संघको पनि चौँथो अधिवेशन सम्पन्न गरिएको हो । केन्द्रिय अध्यक्षमा निर्वाचित भएपछि छन्त्यालले समुदायको हितका लागि बिद्यार्थी संघलाई चलायमान बनाएर उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिद्यार्थीहरु संग आईपर्ने हरेक समस्याहरु संग नजिक रहँदै छन्त्यालहरुको भाषा, संस्कृति, परम्परा, रहनसहन आदिको बिकास र संरक्षमा टेवा पुग्ने खालका गतिविधिलाई समेत अगाडि सार्ने अध्यक्ष छन्त्यालको भनाई छ । अधिवेशन निवर्तमान अध्यक्ष याम छन्त्यालको अध्यक्षता र महासचिव माधव छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

आदिवासी जनजाति सीमा रक्षक भएको गृहमन्त्री खाँडको भनाई

भगवतिको वडा अध्यक्षमा २३ बर्षीय रन्जनाको स्वतन्त्र उम्मेदवारी

Related posts