विपद् व्यवस्थापनको पुर्वअभ्यासमा नेपाली सेना

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, शसस्त्र र प्रहरी सहितको टोलीले कृत्रिम आगो लगाएर स्याउला, घरमा भएको पानी र दमकलसम्मको प्रयोग गरेर सेनाले आगो नियन्त्रणमा लिन सकिने विभिन्न उपायका बारेमा नमुना अभ्यास गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रकोप पुर्व तयारी अभ्यास स्वरुप उक्त गतिविधि संचालन गरेको हो । जिल्लामा आगलागीबाट मानवीय क्षती हुने क्रम बढ्न थालेपछि बस्ती, समुदाय र सार्वजनिक स्थानमा हुने आगलागी, घरमा खाना पकाउँदा ग्यासमा सल्किएको आगो नियन्त्रणमा आवश्यक सतर्कताका बारेमा अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो ।

अभ्यासमा नेपाली सेनाले विद्यार्थीलाई घरमा आगो लाग्दा, विद्युत सर्ट भएर आगो लाग्दा र पेट्रोलियम पदार्थ वा रसायनिक पदार्थका कारण आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भन्ने बिषयलाई अभ्यासमा देखाएको थियो । बेनी नगरपालिका, रघुगंगा गाउँपालिकाका प्रमुख तथा जिल्ला सुरक्षा समितिका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि, म्याग्दी बहुमुखी क्याम्पस सहित सदरमुकाम बेनीमा अवस्थित विद्यालयका विद्यार्थी अभ्यासको अवलोकनमा सहभागी थिए ।

सोही अवसरमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो पालिकाभित्रका हरेक वडामा उक्त अभ्यासको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले म्याग्दीमा यसबर्ष आगलागीबाट दुई जनाको ज्यान गइसकेको तथा अन्य प्रकोपमा परेर समेत मृत्यु भएका घटनालाई मध्यनजर गरी अभ्यास गरिएको बताउनुभयो ।

उहाँले विपद् ब्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरी पालिकास्तरमा समेत नमुना अभ्यास गर्न सकिने बताउनुभयो । बेनी नगरपालिकामा मेयर हरिकुमार श्रेष्ठ सहित जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

 

You can share this post!

बेनपा ७ मा एमालेबाट पुनः राजेन्द्र कुमार श्रेष्ठ अध्यक्षको उम्मेदवार

बेनपा ८ मा एमालेले पठायो उत्तम कर्माचार्यलाई चुनावी मैदानमा

Related posts