रघुगंगामा एमालेबाट अध्यक्षमा दिपक कार्की र उपाध्यक्षमा याम कुमारी गर्वुजा उम्मेदवार

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा दीपक कार्की ‘बिखर्ची’ र उपाध्यक्षमा यामकुमारी गर्वुजालाई चयन गरेको हो ।

रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्वुजालाई उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार कार्की एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार गर्वुजा गाउँपालिका कमिटीका उप–सचिव हुनुहुन्छ ।

कार्कीले रघुगंगाको एक बौद्धिक, कुशल नतृत्व गर्न सक्ने आँटिलो नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँले रघुगंगाको विकास, समृद्धि र सुशासनका निम्ती अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । पालिकाका गरिव, असहाय, अशक्तहरुको जीवन स्तर माथि उकास्ने गरि सामाजिक र साँस्कृतिक परिवर्तन गर्दै पालिकाबासीहरुको भविस्य सुन्दर बनाउने आफ्नो लक्ष रहेको कार्कीको भनाई छ ।

रघुगंगामा वडा सदस्यहरुको समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले रघुगंगा १ बेगखोलामा धनबहादुर गर्वुजा, २ भगवतीमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ४ दग्नाममा इन्द्रमान थजाली, ५ झिँमा तेजु शेर्पुञ्जा, ६ पाखापानीमा शम्सेर पाईजा र ७ चिमखोलामा रिम पाईजालाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा नम्बर ८ मा भने केहि दिनभित्रै उम्मेदवारको टुंगो लगाउने जनाइएको छ ।

You can share this post!

म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ वर्षको शुभकामना आदानप्रदान

एमालेबाट बेनपा ४ को अध्यक्षमा देबेन्द्र बहादुर बानियाँको उम्मेदवारी

Related posts