बेनी नगरपालिकाको मेयरमा काँग्रेसबाट चिरञ्जीवि शर्मा उम्मेदवार

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवि शर्मालाई उम्मेदवार बनाएको छ ।
शुक्रबार बसेको जिल्ला समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बेनी नगरपालिका १० पात्लेखेत निबासी शर्मा पूर्व पार्टी सचिव एवम् महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । कानून व्यवसायी समेत रहनुभएका शर्मा बौद्धिक र क्षमतावान नेताको रुपमा परिचित हुनुहुन्छ । बिहिबार बसेको नगर समितिको बैठकले मेयरका लागि दश जना आँकाक्षीहरुको नाम जिल्ला समितिमा सिफारिस गरेको थियो ।

जिल्ला कार्य समिति पदाधिकारी बैठकमा नौँ जना आकाँक्षीहरुले शर्मालाई नै समर्थन गरेपछि उहाँ सर्वसम्मत उम्मेदवार चयन हुनुभएको नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले बताउनुभयो ।

पञ्चायत कालमा २१ बर्षको कलिलो युवा अवस्थामा पात्लेखेत गाविसको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी संग १ मतले चुनाव हार्नुभएको शर्मा त्यस यता निरन्तर काँग्रेसको राजनीतिमा क्रियाशिल हुनुहुन्छ ।

You can share this post!

भारतमा फेरि बढ्यो कोरोना, दिल्लीका केही विद्यालय बन्द

मंगोल बाट भकिम्लीको वडा अध्यक्षमा दिपक पुनको उम्मेदवारी

Related posts