म्याग्दी । बैशाख ९ गतेदेखि संचालन हुने एसईई परिक्षामा म्याग्दीबाट दुई हजार २४५ जना बिद्यार्थी सहभागी हुने भएका छन । एक खुल्ला समेत गरि जिल्लाभर रहेका ७४ बिद्यालयबाट एक हजार ९५ छात्र र एक हजार १५० छात्रा गरि कुल दुई हजार २४५ जना बिद्यार्थी सहभागी हुन लागेका हुन ।
मंगलबार पत्रकार भेटभाट कार्यक्रमको आयोजना गरि शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका प्रमुख दल बहादुर थापाले एसईई परिक्षाको बारेमा जानकारी गराउनुभएको हो । यसबर्ष पहिलोपटक संस्कृत तर्फका बिद्याथीहरुपनि एसईईमा सहभागी हुने भएका छन । बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविका ९ जना बिद्यार्थी एसईई परिक्षामा सहभागीहुने प्रमुख थापाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा संचालनमा रहेका ५ वटा प्राविधिक बिद्यालयबाट १३१ जना बिद्यार्थी एसईईमा सहभागी हुने भएका छन । त्यस्तै ग्रेड वृद्धिका लागि ८ जना बिद्यार्थीले एसइई दिन लागेका छन । जिल्लामा एसईई परिक्षामा संचालनका लागि ९ वटा परिक्षा केन्द्र तोकिएको छ ।
परिक्षा संचालनका लागि केन्द्राध्यक्ष नियुक्ति गरि उनिहरुलाई अभिमुखिकरण गरि सम्वन्धित परिक्षा केन्द्रमा खटाईसकिएको थापाले बताउनुभयो । त्यसैगरि सदरमुकाम वाहिरको परिक्षा केन्द्रका लागि नजिकको प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पठाउन सुरुगरिएको छ ।
स्थानीय पालिकाहरुलाई पनि परिक्षा संचालनमा सहयोग गर्न अनुरोध गरिएको प्रमुख थापाले बताउनुभयो । यसबर्ष राष्ट्रिय परिक्षा बोर्डको परिपत्र अनुसार परिक्षा केन्द्र रहेको विद्यालयका प्रधानअध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ ।
जिल्लामा परिक्षा संचालनका लागि प्रकाश मावि बेनी, बेनी समुदायिक माध्यामिक बिद्यालय बेनी, न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यामिक विद्यालय बेनी, धवलागिरी माध्यामिक विद्यालय सिंगा, मंगला माध्यामिक विद्यालय बाबियाचौर, जनप्रीय माध्यामिक विद्यालय दरवाङ, हेम माध्यामिक विद्यालय सिवाङ, मुक्तिधाम माध्यामिक विद्यालय भगवति र मुक्तिमार्ग माध्यामिक विद्यालय घारलाई परिक्षा केन्द्र तोकिएको छ ।