म्याग्दी । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट बेनी नगरपालिका ९ को अध्यक्षको उम्मेदवारमा चक्र केसी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । केसी नेपाली काँग्रेसका पूर्व वडा सभापति एवम् हाल प्रदेशसभा क्षेत्र क को सचिव हुनुहुन्छ ।
उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा एमालेका उम्मेदवार बेल बहादुर चोखाल संग ७९ मतले पराजित हुनुभएको थियो । केसी निर्वाचनमा पराजित भएपनि वडा भित्रका सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।
सेवाका भावले ओतप्रोत केसीले गाउँका जनताको हरेक दुख तथा समस्याहरुमा साथ दिदै आउनुभएको छ । सवैसंग मिल्न सक्ने सरल स्वाभाव र ईमान्दार व्यवहार उहाँको पहिचान हो । आइ.एड सम्मको अध्ययन गर्नुभएका केसी उद्यमशिल, शिक्षित युवा हुुनुहुन्छ ।
वडाको विकासमा नयाँ योजना बनाएर अध्यक्षको उम्मेदवारी दिएको केसीले बताउनुभयो । बेनपा ९ धार्मिक तथा पर्यटनका हिसावले प्रसिद्ध छ, यहाँको सम्भावनालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रमहरु तय गर्ने मेरो योजना छ, केसीले भन्नुभयो ।
जनताको सेवामा समर्पित हुने मेरो चाहनालाई घतानबासीले यसपाली पुरा गरिदिनेछन, अध्यक्षको उम्मेदवार केसीको भनाई छ ।
सत्ता गठबन्धन बिचको तालमेलमा नेकपा माओवादी पार्टी संग सहमति हुन नसकेपछि नेपाली कांग्रेसले जिल्लाभर उम्मेदवारी घोषणालाई अन्तिम रुप दिन थालेको छ ।