मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्दछन् । तर यहाँका एक युवाले आफ्नो जन्मदिनको अवसरमा सदरमुकाम बेनीमा रहेको बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन् ।
बैशाख १० गते आफ्नो जन्मदिनको अवसरमा बेनी नगरपालिका–७, घर भै अहिले बैदेशीक रोजगारीको शिलशिलामा अमेरिकामा रहेका सन्दीप श्रेष्ठ र उनका छोरा श्यारोन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चालीत बालगृहमा रहेका ११ जना बालबालिकालाई जन्मदिनको अवसर पारेर २३ हजार रुपैंया मुल्य बराबरको दैनिक उपभोग्य सामग्री र स्टेशनरी सहयोग गरेको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
शाक्यले भने जन्मदिनको अवसरमा हुने खर्चलाइ कटाएर अनाथ बालबालिकालाई सहयोग गरेर पुण्य आर्जन गरेका छन् । जन्मदीनमा भोजभतेर गर्नु भन्दा सामाजिक कार्य गर्ने मनसायले गर्दा नै थोरै भए पनि सहयोग गरेको सन्दीप श्रेष्ठको भनाई थियो ।