म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र का उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि माओवादीबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको हो ।
माओवादीबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदमा मिना विक र उपाध्यक्षमा रिम कटुवालले उम्मेदवारी दिनुभएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानी निवासी विक गाउँपालिका अध्यक्षमा उम्मेद्वार बन्ने म्याग्दीको एकमात्रै दलित महिला बन्नुभएको छ । रघुगंगामा माओवादीबाट उपाध्यक्षका उम्मेदवार बन्नुभएका कटुवाल रघुगंगा गाउँपालिका २ भगवतीको निवर्तमान वडा अध्यक्ष हुनुहुन्छ ।
रघुगंगामा माओवादीबाट वडा १ बाट अध्यक्षमा भविन्द्र शेरपुजा,सदस्यहरुमा खिम बहादुर पुर्जा, बालकुमार गर्वुजा, पार्वति कमिनि उम्मेदवार बन्नुभएको छ । वडा २ भगवतीमा अध्यक्षमा नरबहादुर भण्डारी, सदस्यहरुमा निर्मल केसी, सम्झना केसी, कल्पना भण्डारी र सर्मिला बाग्दास उम्मेदवार बन्नुभएको छ ।
मनोनयन दर्ता पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार विकले दलित महिलाको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएकोमा पार्टीलाई धन्यबाद दिँदै गाउँपालिकाको सबै वडाहरुको न्यायोचित विकास र शुसासनका लागि आफु चुनाबै मैदानमा आएको बताउनुभयो ।