स्थानीय तह निर्वाचनः अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा विभिन्न दलका ९८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।

सोमबार निर्वाचन अधिकृतको कार्यालय पोखरेवगरमा अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जना सहित ९८ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।

८ वटा वडा रहेको अन्नपूर्णमा ४२ पद रहेको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट भरत पुन, नेपाली काँग्रेसबाट बल बहादुर तिलिजा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तिर्थ बहादुर खड्का र मंगोल नेश्नल अर्गनाईजेसनबाट राम बहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा नेकपा एमालेबाट दिवा कुमारी पुन, नेपाली काँग्रेसबाट ललिता तिलिजा र मंगोलबाट एलिना पूर्जा शेरपुजाले मनोनयन दर्ता गर्नुभएको छ ।

त्यस्तै एमालेबाट ८, काँग्रेसबाट ८, राप्रपाबाट १, मंगोलबाट ४ र स्वतन्त्र २ गरि २३ जनाले वडा अध्यक्षमा मनोनयन दर्ता गराएका छन । खुल्ला सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गराएका सुवेदीले बताउनुभयो ।

१४ वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र रहेको अन्नपूर्णमा बाह्र हजार २९ जना मतदाताहरु रहेका छन ।

You can share this post!

मंगलामा छ अध्यक्ष र सात उपाध्यक्ष सहित १०५ जनाको मनोनयन दर्ता

जन्मदिनको अवसरमा विद्यालयमा अक्षकोष स्थापना

Related posts