म्याग्दी । बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रघुगंगा गाउँपालिकाले २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरको छ ।
सोमबार पालिका कमिटीको वैठकले पालिका सचिव झलक शर्माको संयोजकत्वमा कमिटी गठन गरेको हो । निर्वाचन परिचालन मुल कमिटीको सदस्यहरुमा पालिका कमिटीका सम्पूर्ण सदस्यहरु, वडा कमिटीका सदस्यहरु, युवा संघ, अखिल नेपाल महिला संघ रघुगंगा गाँउपालिकाका पदाधिकारी तथा सदस्यहरु रहेको संयोजक शर्माले जानकारी दिनुभएको छ ।
त्यसैगरि वैठकले एमालेको पालिकाको युवा संयोजकमा मनोज खत्रीलाई चयन गरको छ । त्यस्तै वैठकले रिक्त रहेको पालिका कमिटीको उपाध्यक्ष पदमा ओम पुनलाई सर्वसम्मत चयन गरेको छ ।
युवा संयोजक खत्री र पालिका कमिटी उपाध्यक्ष पुनलाई नेकपा एमाले पालिका कमिटी अध्यक्ष एवम् गाउँपालिका अध्यक्षको उम्मेदवार दिपक कार्कीले बधाई ज्ञापन गर्नुभएको थियो ।
रघुगंगाका प्रभावशाली युवा नेता कार्कीले समृद्ध रघुगंगा निर्माणका लागि गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएसंगै ग्रामिणभेगमा रहेका नागरिकहरुको समस्या पहिचान तथा मतदाता भेटघाटका लागि घरदैलोमा पुग्ने कार्यलाई तिव्रता दिनुभएको छ ।
योग्यता र क्षमताले भरिपूर्ण कार्कीले सम्पूर्ण रघुगंगा बासीहरुको मुहार फेर्दै विकास र सुविधाले सम्पन्न पालिका बनाउने योजना अघि सार्दै अमूल्य मतको अपिल समेत गर्नुभएको छ ।
एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा याम कुमारी गर्बुजाले उम्मेदवारी दर्ता गराउनुभएको छ । भने ८ ओटै वडाबाट अध्यक्ष सहितका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन ।
उम्मेदवारहरु सहित पालिकाका सवै वडामा चुनावी प्रचार प्रसार अभियानको कार्यक्रम सुरु गरिएको पालिका कमिटी सचिव शर्माले बताउनुभयो ।