म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार सहित चुनाव प्रचार अभियान अन्तर्गत नेकपा एमालेले बेनी नगरपालिका वडा नम्वर १० को पात्लेखेत र वाखेतमा चुनावी सभा सम्पन्न गरेको छ ।
सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र थापाले स्थानीय तह निर्वाचनमा एमाललेलाई बहुमत दिलाउन जनता तयार रहेको बताउनुभएको छ ।
जनताको आशा र भरोसाको पार्टी एमाले भएकाले सूर्यमा भोट हाल्न देशभरिका जनता आतुर रहको थापाको भनाई थियो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सपना एमालेले देखेको र त्यसलाई साकार पार्न जनताको साथ चाहिने बताउनुभयो ।
गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठले विगतको पाँच बर्षमा बेनी नगरमा जनताले देख्ने गरि कुनै पनि विकासका काम नभएको बताउनुभयो । एमालेले जितेको भए नगरले मुहार फेर्न सक्थ्यो, काँग्रेसको प्रमुखबाट जनताले आशा गरेअनुसार केही हुन सकेन, त्यसैले यो पटक एमालेलाई जिताउनुस, श्रेष्ठले भन्नुयो ।
प्रदेश कमिटी सदस्य सन्तोष रावलले जनताको मर्म, भावना र अवस्था बुझेर देश बनाउने जिम्मेवारी बोकेको पार्टी नेकपा एमाले भएको बताउदै बैशाख ३० गते सूर्य चिन्हमा मतदान गरि पालिका देखि वडा सम्मका एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन अनुरोध गर्नुभयो ।
जिल्ला कमिटी सदस्य डि.पी. शर्मा, प्रकाश पौडेल तथा नगर कमिटी अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटी अध्यक्ष नारायण जिसीले समाजको रक्षक, जनताको सेवक, विकासको संवाहक नेकपा एमालेका उम्मेदवारहरुको नगरपालिका तथा वडाहरुमा जित सुनिस्चित भएको दावी गर्नुभयो । जिसीले संयमित भएर चुनावी गतिविधि गर्न विपक्ष पार्टीलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बेनी नगरपालिका मेयरका उम्मेदवार सुरत केसीले नागरिकलाई पैसा दिएर परनिर्भर होइन, पेशा र सिप दिएर आत्मनिर्भर बनाउने मूख्य एजेन्डालाई अघि सारको बताउनुभयो ।
उपमेयरका उम्मेदवार पशुपति शाहीले महिला अधिकारको रक्षा, बालबालिका तथा जेष्ठ नागरिकहरुको सुरक्षा, सामाजिक तथा सांस्कृतिक परिवर्तनका निम्ती आफु सधै जनताकै सेवामा रहने प्रतिवद्धता जनाउदै बैशाख ३० मा आफ्नो अमूल्य मत सूर्य चिन्हलाई दिन अपिल गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार मसविर रोका, वडा कमिटी अध्यक्ष कृष्ण मल्ल लगायत वडा सदस्यका उम्मेदवारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेकपा एमाले नगर कमिटी सचिव सुवास विश्वकर्माले गर्नुभएको थियोृ । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्लाका कलाकारहरुबाट नृत्य, गीत तथा नाटक सहितको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।