म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा पाँच वटै वडामा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कुल १३४१६ मतदाता भएको मंगलाबाट ८८१७ मत खसेको सहायक निवार्चत अधिकृत मनोहर ढुङगानाले बताउनुभयो । यो कुल मतको ६५.७६ प्रतिशत हो ।
मंगला १ को दिपशिखा मावि मतदान स्थलबाट कुल २३४३ मा १६०२ मत र बालोदय आधारभूत विद्यालय भर्जुला मतदान स्थलबाट कुल ५१५ मा ३७० मत खसेको छ । मंगला २ को मंगला मावि मतदान स्थलबाट कुल २५९१ मतदातामा १७५७ मत र सिद्धशान्ति मावि मतदात स्थलबाट कुल ४९२ मा ३३२ मत खसेको छ ।
त्यस्तै मंगला ३ को महेन्द्र रत्न मावि मतदान स्थलबाट कुल २६१५ मतदातामा १६८० मत खसेको छ भने मंगला ४ बरंजाको वडा नम्वर ४ को कार्यालय मतदान स्थलबाट ९६७ मत खसेको छ । त्यहाँ १३९८ मतदाता थिए । मंगला ५ को शिशुकल्याण मावि मतदान स्थलबाट ९१२ मत र शारदा आधारभूत बिद्यालय मतदान स्थलबाट ११९७ मत खसेको छ । त्यहाँ क्रमश १५४९ र १९१३ मतदाता थिए ।
मंगलाको पाँच वटै वडामा शान्त र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको अधिकृत ढुङ्गानाले बताउनुभयो । सवै वडाबाट मतपेटिका शिलवन्दी गरि पालिकाको केन्द्र बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन लागिएको उहाँले बताउनुभयो । सवै मतपेटिका आइसकेपछि सवपक्षिय वैठक वसी आज राति या भोलि विहानबाट मतगणना सुरु गरिने उहाँले बताउनुभएको छ ।