मंगला गाउँपालिकामा भारी मतका साथ एमाले विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सत प्रसाद रोका विजयी हुनुभएको छ ।  रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेक बहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सवैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर बिजयी हुनुभएको छ । अधिकारी उपाध्यक्षमा पहिलो पटक विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

मंगला ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरि ३ वडा जितेको छ । भने माओवादीले वडा नम्वर ३ र काँग्रेसले वडा नम्वर ४ बरंजामा जित हाँसिल गरेको छ ।

२०७४ सालको निर्वाचनमा जितेको वडा नम्वर ३ यसपटक एमालले गुमाएको छ भने गत चुनावमा सुन्य रहेको काँग्रेसले यसपटक एउटा वडा जितेको छ । अध्यक्षमा निर्वाचित रोकाले पहिलो कार्यकालमा मंगलाको विकास र समृद्धि तथा नागरिकको सेवा र सुरक्षामा कुशल जिम्मेवारी निभाएकै कारण मंगलाबासीले फेरी पनि भारी मतका साथ विजयी बनाएका छन । उहाँले ११६३ मतान्तरले अध्यक्षमा विजय हाँसिल गर्नुभएको छ ।

 

You can share this post!

बेनी नगरपालिका –५ पुलाचौरमा एमालेको प्यानल विजयीः मयेरमा केसीको अग्रता

धवलागिरी –६ मराङमा गठवन्धनलाई भत्काउदै एमालेको प्यानल विजयी

Related posts