बेनी नगर जितेपछि एमालेले मनायो विजय उत्सव

म्याग्दी । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा मेयर जितेपछि नेकपा एमालेले विजयी उत्सव मनाएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार बेनी नगरपालिकाको मेयरमा सुरत केसी अत्याधिक मतका साथ विजयी हुनुभएको थियो ।

बेनी नगरको मेयर सहित वडा नम्वर १, ५, ६, ८ र १० मा एमालेले जित हाँसिल गरेको छ । मेयर र ५ वटा वडामा निर्वाचित अध्यक्ष तथा सदस्यहरु सहित एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले बेनीमा विशाल विजय ¥यालि निकालेका थिए ।

बाजागाजा सहित विरेन्द्रचोक बाट सुरु भएको ¥यालीले बेनी बजार परिक्रमा गर्दा बेनीका स्थानीयहरुले निर्वाचित प्रतिनिधिहरुलाई भव्य अविरजात्रा गरेका छन । बेनीको १० वटै वडाबाट विजयी उत्सव मनाउन आएका नागरिकहरु निकै नै उत्साहित देखिन्थे ।

मेयर केसीलाई बेनी बजार बासीहरुले घरघरबाट अविर र खादा लगाएर सम्मान गर्दै बधाई दिएका छन । ¥याली पछि बेनीको खुल्ला मञ्चमा आयोजित कार्यक्रममा मेयर केसीले अमुल्य भोट दिएर विजयी गराउने सवै नगरबासीहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ ।

उहाँले निर्वाचनको समयमा घोषणा गरिएका प्रतिवद्धताहरुलाई क्रमश पुरा गर्दै जाने बताउनुभएको छ । उहाँले आफु प्रशासक नभई जनताको सेवक वनेर जनभावना अनुसारका काम गर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, सन्तोष रावल, खुम बहादुर बानियाँ, जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीको अध्यक्षता र सचिव सुवास विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

बेनी नगरको मेयरमा सुरज र उप मेयरमा ज्योती विजयी

भिडन्तमा प्वाल परेको विजुलीको पोल बेनी ल्याउँछुः नवनिर्वाचित मेयर केसी

Related posts