सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण सहायता लिने

काठमाण्डौ – सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।

आज सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने झन्डै ३३ अर्ब रुपैयाँ ऋण साहयता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् झन्डै ८६ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि बताउनुभयो ।

You can share this post!

हवाई भाडा फेरि बढ्यो, बढेको भाडा बुधबारदेखी लागु हुने

गाई मारेको अभियोग लागेका दुई फरार प्रतिवादी पक्राउ

Related posts